सुदूर नेपाललाई विश्वसँग जोड्दै

भक्तजनलाई चिसो पानी

२०८१ असार २, ०६:५२ खबर संवाददाता

धनगढीः कैलालीको बेहडाबाबाका भक्तजनलाई चिसो पानीको व्यवस्था गरिएको छ। धनगढी–७ को जोखर ताल चोकमा निःशुल्क चिसो पानी वितरण गरिएको हो।

कैलाली वितरक संघ, धनगढी र दुर्गा ट्रेड कन्सर्न, धनगढीको आयोजनामा बेहडाबाबा मन्दिरमा लागेको गंगादशहरा मेलामा दर्शन गर्न पुगेकाहरूलाई चिसो पानी वितरण गरिएको छ। आइतवार बिहानदेखि निःशुल्क पानी वितरण गरिएको कैलाली वितरक संघका अध्यक्षले सिद्धराज पनेरूले बताए।

 

कमेन्ट लोड गर्नुस