सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको तापक्रम ४३ डिग्री मापन

२०८१ असार २, ०५:५९ खबर संवाददाता

धनगढीः सुदूपश्चिम प्रदेशको राजनधानी धनगढीको तापक्रम उच्च देखिएको छ।

आज (आइतवार) दिउँसो २ः ४५ मा धनगढीको अधिकतम तापक्रम ४२.८ डिग्री र न्यूनतम तापक्रम ३०.४ डिग्री सेल्सियस पुगेको धनगढी मौसम विज्ञान कार्यालयकी नायब मौसम विज्ञान सहायक प्रतिमा घिसिङले बताइन्। यसअघि मे ३० मा धनगढीको तापक्रम ४४.१ डिग्री पुगेको थियो। जुन ३० वर्ष यताकै बढी तापक्रम हो।

घिसिङका अनुसार सन् १९९५ मा धनगढीको तापक्रम ४६.४ डिग्री सेलसियस पुगेको थियो। दाङमा पनि अधिकतम ३८.१ डिग्री सेल्सियस पुगेको छ। न्यूनतम तापक्रम २५.५ डिग्री सेल्सियस मापन भएको थियो। मौसम विज्ञानको क्षेत्रीय कार्यालय भैरहवाका मौसमविद् बरुण पौडेलका अनुसार पश्चिम तराईका केही जिल्लाहरूमा अझै केही दिन मौसम यस्तै रहने छ।

पूर्वी नेपालमा जेठ २८ गते मौसम भित्रिए पनि त्यो स्ट्रङ (सक्रिय) नरहनाले पूर्वबाट पश्चिम आउन अझै ४÷५ दिन लाग्ने उनले बताए। ‘अहिले सुदूरपश्चिम र लुम्बिनीका तराईका जिल्लाहरूमा चलिरहेको वायु पश्चिमकै हो र यो वायुले कमजोर पूर्वको वायुलाई उतै धकेलिरहेको छ,’ पौडेलले भने, ‘त्यसैले त्यो वायु धनगढीसम्म पुग्न अझै कम्तिमा पनि ४÷५ दिन लाग्न सक्ने देखिन्छ।’ यद्यपि उनले पूर्वको वायु सोमवारसम्म बागमती प्रदेशका विभिन्न जिल्लामा प्रवेश गर्ने देखिएको बताए। मंगलबारसम्म दाङसम्म पनि बादल लाग्ने तथा केही शीतल अनुभूत हुन सक्ने बताए।

कमेन्ट लोड गर्नुस