सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलको ठक्करबाट एक पुरुष घाइते

२०८१ असार २, ०५:३५ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–६ जालिमा सुदूपश्चिम प्रदेश ०१००८ प २९६६ नम्बरको सुजन विष्टले चलाएको मोटरसाइकलको ठक्करबाट पैदल यात्री घाइते भएका हुन्।

घाइते हुनेमा सोही ठाउँका श्यामबहादुर भाट रहेका छन्। घाइते भाटको उपचार भइरहेको जिल्ला  प्रहरी कार्यालय कैलालीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस