सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा लागूऔषधसहित एक जना पक्राउ

२०८१ असार २, ०८:०३ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

बैतडीको पाटन नगरपालिका–८ का २२ वर्षीय गणेश महरा लागुऔधसहित धनगढीमा पक्राउ परेका हुन्।

शनिबार प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ भन्सार ब्यारेलबाट २ ग्राम ८ सय मिलिग्राम लागूऔषधसहित पक्राउ परेका महरालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस