सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका सडक सरसफाइ गर्न ब्रुमर खरिद

२०८१ असार १, ०७:४५ खबर संवाददाता

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले ब्रुमर खरिद गरेको छ। धनगढी क्षेत्रका सडकको फोहोर सरसफाइ गर्न ब्रुमर खरिद गरिएको हो।

शनिवारदेखि धनगढी उपमहानगरपालिकाले ब्रुमको प्रयोगबाट सडक सरसफाइ गर्न थालेको छ। उपमहानगरपालिकाले ९५ लाखको लागतमा ब्रुमर खरिद गरेको बताएको छ। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले धनगढीको सडक सफा गर्न ब्रुमर खरिद गर्ने बताएका थिए। चालु आर्थिक वर्षको बजेटबाट उपमहानगरपालिकाले ब्रुमर खरिद गरेर सञ्चालनमा ल्याएको हो।

 

कमेन्ट लोड गर्नुस