कैलालीको मोहना नदीमा डुबेर एक बालिकाको मृत्यु

२०७६ जेठ १८, ०४:०९
कैलालीमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको भजनी नगरपालिका ३ को कसुसुमघाट स्थित मोहना नदीमा नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा भारतको गुजरातकी १० वर्षीय बालिका एकता सोनी रहेकी छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा परिक्षण पछि बालिकाको शव आफन्तको जिम्मा लगाईएको छ।





कमेन्ट लोड गर्नुस