सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुर्वीचौकी गाउँपालीकाकी  उपाध्यक्षले पनि पालिकाको बजेटबाट मोबाइल खरिद गरेको फेला

२०८१ जेठ ३२, १०:३२ खबर संवाददाता

धनगढीः डोटीको पुर्वीचौकी गाउँपालीकाकी उपाध्यक्षले गाउँपालिकाकै बजेटबाट मोबाइल खरिद गरेको पाइएको छ।

उपाध्यक्ष पशुपति खड्काले सेवा सुविधा सम्बन्धि ऐन विपरीत मोबाइल खरिद गरेकी हुन। सुदुरपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धि ऐन २०७५ को दफा ३ मा गाउँपालिकाका पदाधिकारीले अनुसुची १ बमोजिमको सेवासुविधा बाहेक अन्य सुविधा दिन मिल्दैन।

तर उपाध्यक्ष खड्काले ऐन विपरीत वि.स २०८०।०३।१३ मा मोबाइल, चार्जर र पावरवैक एक एक थान खरिद गरेवाफत पालिकाले ८० हजार ६ सय भुक्तानी गरेको महालेखापरीक्षकको कार्यलयले देखाएको छ। 
 

कमेन्ट लोड गर्नुस