हवाई सेवा मार्फत बाजुराबाट सुत्केरीको उद्दार

हवाई सेवा मार्फत बाजुराकी एक सुत्केरीको उद्दार गरिएको छ। प्रसुती व्यथा लागेपछि गएराती कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी जिल्लाको बुढिनन्दा नगरपालिका १ की २२ वर्षीया रमिला रोकायाको हेलीकोप्टर मार्फत उद्दार गरिएको हो। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले हवाई सेवा मार्फत गम्भीर प्रकृतिकी सुत्केरी महिलाको उद्दार गर्ने कार्यक्रम मार्फत रोकायालाई काठमाडौ लगिएको हो।
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका स्वकीय सचिव लोकेन्द्र धामीले रोकायालाई हवाई सेवा मार्फत कोहलपुर लगिएको जानकारी दिए। रोकायाको शिशुले पेटमा नै दिशा खाएकाले रेफर गरिएको कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रले जनाएको छ।




