कैलालीमा लागूऔषध र बहुबिबाह मुद्दामा दुई जना पक्राउ
धनगढीः कैलालीमा लागूऔषध र बहुबिबाह मुद्दामा फरार दुई जना दोषी पक्राउ परेका छन्।
लागूऔषध मुद्दामा फरार जिल्लाको जानकी गाउाँपालिका–३ का ३९ वर्षीय अमित शाह पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको हो।
त्यस्तै बहुबिबाह मुद्दामा दोषी ठहर गोदावरी नगरपालिका–५ का ५१ वर्षीय सुरेश शाह पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–४ बोराडाँडीबाट बिहीवार नियन्त्रणमा लिएको हो।