सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज पनि मोहनापुल -अत्तरिया ६ लेन सडक बन्द

२०७६ जेठ १८, १०:४७ खबर संवाददाता

निर्माण व्यवसायीले पानी नहालेको भन्दै आजपनि स्थानीयले  निर्माणाधिन मोहनापुल–अत्तरिया ६ लेन सडकमा अवरुद्ध पारेका छन्। ६ लेन सडकको पहिलो खण्ड अन्तरगत मिलनचोकमा स्थानीयले धुलोले जनजीवन अस्तव्यस्त बनाएको भन्दै सडक अवरुद्ध पारेका हुन्। उनीहरुले शुक्रबार निर्माण व्यवसायीले सडकमा पानी हाल्ने र निर्माणलाई तिव्रता दिने सहमती गरेपनि कार्यान्वयन नगरिएको आरोप लगाएका छन्।

 निर्माण व्यवसायीले पानी नहालेकै कारण धुलोले सडकमा आवातजावत गर्न समस्या भएको स्थानीय बताउदै आएका छन्। सडकमा स्थानीयले अवरोध सिर्जना गरेपछि मोहनापुल देखि धनगढी चौराह सम्म सवारी साधन चल्न सकेका छैनन्। यसअघि स्थानीयले हिजो पनि ६ लेन सडकको चटकपुरमा अवरोध सिर्जना गरेका थिए। सडक निर्माणमा भईरहेको ढिलाई र पानी नहाल्दा सास्ती खेप्नुपरेको भन्दै आन्दोलित भएका स्थानीय, सडक आयोजना कार्यालय र निर्माण व्यवसायीले निर्माण कार्यलाई निरन्तरता दिदै पानी हाल्ने सहमती गरेपछि स्थानीयले आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए।  

कमेन्ट लोड गर्नुस