सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चरेससहित २ जना पक्राउ 

२०८१ जेठ ३१, ०८:४३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा चरेससहित २ जना पक्राउ परेका छन्। दोधारा चाँदनी नगरपालिका–७ बाबाथानबाट सोही ठाउँका २७ वर्षीय सुरज सुनार र दोधारा चाँदनी नगरपालिका–२ पुर्णा टोलको ५० वर्षीय गणेशसिंह साउद पक्राउ परेका हुन्।

सुनारको साथबाट १५.३ ग्राम चरेस फेला पारी उनलाई सोधपुछ गर्दा साउदबाट खरिद गरेको खुलेपछि दुबै जनालाई बुधवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको कञ्चनपुरले प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस