सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलौरीबाट भन्सार छलीका सामान बरामद

२०८१ जेठ ३१, ०६:५० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको बेलौरीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

बेलौरी नगरपनलिका–८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १९ हजार ६१५ मूल्य बराबरको सामान बरामद गरिएको हो। उक्त स्थानबाट चिनी, बिडी, पेय पदार्थ, खानेतेल, बिस्कुट, नमकिन, चक्लेट, मेहेन्दी, कुरकुरे लगायतका सामान प्रहरी चौकी पचुँईबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस