सुदूर नेपाललाई विश्वसँग जोड्दै

जातीय छुवाछुत विरुद्धको अभियानमा सबै लाग्नुपर्छः प्रदेश प्रमुख मियाँ

२०८१ जेठ ३०, ०९:१४ खबर संवाददाता

धनगढीः  सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले जातीय छुवाछुत विरुद्ध राज्य लागिरहेको बताएका छन्।

कैलालीको घोडाघोडीमा सुदूरपश्चिम स्काउट शान्ति सुरक्षा कोर टिमले आयोजना गरिएको जातीय छुवाछुत विरुद्धको अन्तरक्रिया कार्यक्रमका प्रदेश प्रमुख मियाँले छुवाछुत अन्त्य नभई समाजको विकास सम्भव नहुने भन्दै राज्य नै छुवाछुत अन्यको लागि लागिपरेको बताएका थिए।

उनले संसारभरि नै छुवाछुत अन्त्यको अभियान सुरु भइरहेको भन्दै नेपाली समाजमा पनि त्यो अभियानलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको जिकिर गरेका थिए। छुवाछुत विरुद्ध बलियो कानुन समेत रहेको भन्दै प्रदेश प्रमुख मियाँले जातीय छुवाछुतलाई प्रशय दिए वा छुवाछुत गरे उक्त कानुनको दायरमा सबै आउनु पर्ने बताए।
 

कमेन्ट लोड गर्नुस