सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिभुवन माविमा लागुऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथाम सम्बन्धी कार्यक्रम सम्पन्न

२०८१ जेठ ३०, ०७:४७ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाको आयोजनामा लागुऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथामका लागि सचेतनामुलक कार्यक्रम  त्रिभुवन माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।

उपमहानगर पालिको–३ मा रहेको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीको सहभागीतामा युवा शान्ति परिषद नेपालले लागुऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथामका लागि सचेतनामुलक अभिमुखिकरण कार्यक्रम गरिएको हो।

पछिल्लो समयमा कैलालीको धनगढीमा लागुऔषधको दुर्व्यसनीमा विद्यालयमा अध्ययनरत विद्यार्थी फस्दै गएको र त्यसको नियन्त्रणका लागी धनगढी उपमहानगरले आयोजना गरेको लागुऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथामका लागि सचेतनामुलक कार्यक्रमको सहजिकरण गरिरहेको परिषदका प्रेम ढुंगानाले बताए।No description available.

विगत एक महिना देखि उपमहानगरको आयोजना र युवा शान्ति परिषदको सहकार्यमा धनगढीको वडा नम्बर २ र ३ का प्रत्येक विद्यालयमा लागुऔषधको प्रयोगबाट हुने विभिन्न असर र त्यसबाट बच्ने उपायका वारेमा विद्यार्थीलाई सचेतना मुलक कार्यक्रम गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस