सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रोजगारी माग्दै २६ सय ६९ जनाको निवेदन दर्ता, ८५ जना सिफारिस

२०८१ जेठ २९, ०४:२४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा आयोजना गरिएको रोजगार मेलामा माग भन्दा धेरै रोजगारीको लागि आवेदन दर्ता भएका छन्।

दुई दिनसम्म आयोजना गरिएको रोजगार मेला मंगलबार सम्पन्न भएको हो। मेलामा रोजगारदाताले माग गरेभन्दा बढी आवेदन परेका छन्। रोजगारदाताले दुई हजार चार सय ६ पदका लागि माग गरेकोमा झण्डै तीन हजार अर्थात दुई हजार ६ सय ६९ जनाले निवेदन दर्ता गरेका हुन्। मेलामा माग गरेभन्दा बढीको आवेदन दर्ता भएको आयोजकले जनाएको छ।

आवेदन दिएकाहरुमध्ये ८५ जनालाई रोजगारीका लागि सिफारिस गरिएको छ। धनगढीमा आयोजना गरिएको श्रमाधान रोजगार मलोमा ३८ वटा स्टल राखिएको थियो। तीमध्ये जसमध्ये १० वटा स्टलहरु सरकारी क्षेरबाट २८ वटा स्टलहरु रोजगारदाताका तर्फबाट राखिएको थियो। दुई दिनसम्म आयोजना गरिएको मेलामा १० हजार एक सय ५० जनाले अवलोकन गरेका थिए।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्रालय, सुदुरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, भीमदत्त नगरपालिकाको आयोजना र नेपाल तालिम तथा तथा रोजगार व्यवसायी महासंघ सुदुरपश्चिमको संयोजनमा‚ निजी क्षेत्रका संघसस्था‚ विकास साँझेदार र अन्य सरोकारवालाको सहकार्यमा रोजगार मेला आयोजना गरिएको थियो।

मेलामा श्रमाधान सम्बाद‚ सांस्कृति प्रस्तुती लगायतका कार्यक्रम समेत आयोजना गरिएको थियो। संवादमा रोजगारी सिर्जनामा सरकार र निजी क्षेत्रको भूमिका, अवस्था, चुनौति र सम्भावनाको विषयमा संवाद गरिएको थियो। त्यस्तै वर्तमान श्रम बजारमा सीप प्रमाणिकरण र पूर्व सिकाई मान्यताको भूमिका‚ अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा‚ सुदूरपश्चिमका लागि नेपाली श्रम बजार किन यति सुदूर भन्ने विषयमा पनि संवाद गरिको थियो।

श्रम आप्रवासन अन्तर्गत कानूनी प्रकृया र मनोसामाजिक प्रभाव लगायतका विषयमा डाक्टर हेमराज पन्त‚ शिवहरी मुडभरी‚ रामवहादुर रावत‚ अनिलकुमार भोजानीया लगायत प्राज्ञिक तथा रोजगारदाताहरुले विचार विमर्श गरेका थिए।

कमेन्ट लोड गर्नुस