कैलालीबाट लागूऔषध र वन मुद्दाका २ फरार प्रतिवादी पक्राउ
धनगढीः कैलालीबाट लागूऔषध र वन मुद्दाका २ फरार प्रतिवादी पक्राउ परेका छन्।
लागूऔषध मुद्दामा ४ महिना कैद सजाय र १० हजार जरीवाना तोकिएकी गोदावरी नगरपालिका–८ बस्ने १९ वर्षीया बिष्ना पाल र वन मुद्दामा ६ हजार ९ सय जरिवाना तोकिएको जानकी गाउँपालिका–८ बस्ने ४१ वर्षीय नरेन्द्र पुरी पक्राउ परेका छन्। अदालतबाट दोषी ठरहर भई फरार रहेका दुुबै जनालाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।