सुदूर नेपाललाई विश्वसँग जोड्दै

आर्थिक मामिला मन्त्री पालले गरे पदभार ग्रहण

२०८१ जेठ २८, ०९:४७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले पदभार ग्रहण गरेका छन्। सोमवार मात्रै मन्त्रीमा नियुत्त भएका उनले आजै पदभार ग्रहण गरेका हुन।

नवनियुक्त आर्थिक मामिला मन्त्री पालले पदभार ग्रहण गरेसँगै पहिलो निर्णय गरेका छन्। उनले संविधानबमोजिम जनपक्षीय काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।  पदभार ग्रहण गरेपछि मन्त्रालयका कर्मचारीसँगको परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री पाललले संविधान र कानुनको परिधीभित्र रहेर सुधारात्मक काम गर्ने प्रतिबद्धता जनाएका हुन्।

फेरिएको राजनीतिक समीकरण र परस्थितीका बाबजुत प्रतिपक्षमा रहेको एमाले पनि सरकारमा आएको बताउँदै उनले नयाँ जिम्मेवारी निर्वाह गर्न सबैको साथ र सहयोगको अपेक्षा गरेको बताएका थिए। अर्थतन्त्रमा विभिन्न चुनौती र समस्या रहेकाले तीनको सामान गरेर अघि बढ्नुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाई थियो। 
 

कमेन्ट लोड गर्नुस