सुदूर नेपाललाई विश्वसँग जोड्दै

’एसपीए एक्सपो’ आयोजना हुने

२०८१ जेठ २८, ०५:२६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमकै पहिलो एनएमएसटी स्मार्ट स्कुल एसपिए कलेजले ’लर्न टुडे, लिड टुमारो’ नाराका साथ २ दिने ’एसपीए एक्सपो’ आयोजना गर्ने भएको छ।

कलेजले एसइई दिएर बसेका विद्यार्थीहरू लागि सञ्चालन गर्न लागेको उक्त प्रदर्शनी जेठ ३१ र ३२ गते आयोजना गर्ने भएको हो। कलेजका माध्यमिक तह कार्यक्रम संयोजक उषा शाहुका अनुसार एसपीए एक्सपोमा  विद्यार्थीहरूले आफूसँग भएको कुनै पनि कला, प्रतिभा, क्षमता, विज्ञान, सूचना–प्रविधिमा आधारित कौशल समेत प्रदर्शन गर्न सक्नेछन्।

कलेज परिसरमा बिहान ७ः३० बजेबाट सुरु हुने एक्सपोमा सहभागी हुन विद्यार्थिहरुका लागि कलेजले अनलाइन दर्ता समेत खुला गरेको शाहुले बताइन्। कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, होटेल व्यवस्थापन, कानुन, मानविकी लगायत सङ्कायहरूको अध्ययन अध्यापन हुँदै आएको कलेजमा यही शैक्षिक सत्रदेखि भौतिक तथा एआई शिक्षकद्वारा पठन–पाठन गरिने एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय (गौतम) ले जानकारी दिए।

साथै कलेजले कक्षा ११ र १२ पढ्न चाहने विद्यार्थीहरूका लागि सुदूरपश्चिमका ९ र कर्णाली प्रदेशका १० जिल्लाका दुई÷दुई जना र देशभरका अन्य जिल्लाबाट २ जना विद्यार्थीहरूलाई शतप्रतिशत छात्रवृत्तिमा माध्यमिक शिक्षा हासिल गर्ने अवसर प्रदान गरेको छ।

कमेन्ट लोड गर्नुस