सुदूरपश्चिममा मन्त्रीको विषयलाई लिएर माओवादीभित्र विवाद
धनगढीः सुदूरपश्चिममा मन्त्रीको विषयलाई लिएर नकेपा माओवादी पार्टीभित्र विवाद सुरु भएको छ।
माओवादीबाट सुदूरपश्चिम सरकारमा मन्त्री बन्नेहरुबारे पार्टीभित्रै विवाद सुरु भएको हो। संसदीय दलभित्र कुनै सल्लाह नगरेर मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न पाँच सांसदले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।
माओवादीबाट ओमविक्रम भाट ‘सरल’ अक्कल रावल र लक्ष्मी विकको नाम सिफारिस गरिएको छ। माओवादीबाट सांसद खगराज भट्ट, झपट साउद, शिव ओली, रमेश धामी र जानकी कुँवर पौडेलले संयुक्तरूपमा ध्यानाकर्षण बुझाएका हुन्। आज बिहान ११ बजे दलको बैठक आह्वान गरेर मन्त्री सिफारिस गर्ने सल्लाह भएको तर दलको बैठक स्थगित गरेर मन्त्रीको नाम दिएको उनीहरुको दाबी छ। सुदूरपश्चिममा माओवादीका सभामुखसहित ११ सांसद छन्।