सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरकी पचास वर्षीया कौशिला शवगृहमा सक्रिय

२०८१ जेठ २८, ०२:०७ खबर संवाददाता

 

कञ्चनपुरः कञ्चनपुरकी पचास वर्षीया कौशिला शवगृहमा सक्रिय छन्।

मृत शरीरको चिरफारदेखि सिउने कामसम्म महिलाले गर्छन् भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ, तर यो यथार्थ कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको हो। दोधारा चाँदनी नगरपालिकामा हेल्पर पदमा कार्यरत दोधारा चाँदनी नगरपालिका–६ की ५० वर्षीया कौशिला शर्मा शवगृहमा कार्यरत छन्। दोधारा चाँदनीमा शव शवपरीक्षणका लागि आउँदा कौशिलाको सक्रियता शवपरीक्षण केन्द्र चिकित्सकसँगै बढ्न जान्छ।

२०६६ ‘देखि अस्पतालमा करारमा कार्यरत कौशिलाले हालसम्म दर्जनौँ  शव चिरफार गरिसकेको बताए। वर्षमा ४० देखि ५० शव आउँछन, उनले भने, ‘कालगतिले वा कुनै घटना दुर्घटनाले युवा तथा बालबालिकाको मृत्यु हुँदा आउने शव चिरफार गर्न हुने पीडा शब्दले व्यक्त गर्न सक्दिन। उनी चिकित्सकको आग्रहअनुसार शव चिर्ने, भिसेरा निकाल्ने र शव सिलाउने काम गर्दै आएका छन्।

प्रक्रियाअनुसार शव शवपरीक्षण गर्दा प्रहरी, चिकित्सक र हेल्परको शवगृहमा उपस्थिति रहन्छ। ‘हेल्परमा काम सुरु गरेको वर्षदिन जति काम हेर्दै सिकेँ, उनले भने, ‘बाँकी डेढ दशकयता शव चिर्न आफैँ सक्रिय छु। २०२२ मा दोधारा चाँदनीमा बसोबास गर्दै आएका कौशिलाका पति कृष्णप्रसाद शर्मा गाउँमा सामान्य ठेला व्यापार गर्नुहुन्छ। ‘शवको काममा लाग्दा सुरुमा केही दिन खाना खाने मनसमेत लाग्थेन, उनले भने, ‘सुदूरपश्चिमका अरू अस्पतालमा महिला शवको काममा लागेको मलाई जानकारी छैन।

केही समयअघि नगरपालिकाले उहाँलाई एक कार्यक्रमबीच पुरस्कृत गरेको थियो। प्राथमिक तहको अध्ययन मात्रै गरेकी कौशिला शवगृहको काममा भने दख्खल कर्मचारी मानिनुहुन्छ्। ‘पहिले गोरु गाडामा शव आउने र गाडामै राखेर शवपरीक्षणको काम हुन्थ्यो, उनले भने, ‘सात वर्षदेखि पोष्टमार्टम घर बनेकाले सहज भयो। जागिर सुरु गर्दा रु दुई हजार पाँच सय मासिक तलबमा काम गरेको बताउने उनको हालको तलब १९ हजार छ।

लामो समय शवगृहमा काम गरेको अनुभव बटुलेकी कौशिलालाई घर परिवारले विश्राम लिन भने पनि अस्पतालमा उक्त काम गर्ने कर्मचारीको अभावले छाड्न नसकेको उनको भनाइ छ। परीक्षणपछि प्रतिशवको पाँच सय भत्ता आउने गरेको सुने पनि आफूले भने अहिलेसम्म नपाएको उनको दुखेसो छ। उनले परीक्षणको काम पनि एक प्रकारको समाज सेवाका रूपमा आफूले लिने गरेको बताए।

‘जन्मपछिको मृत्यु सत्य हो, उनले भन्ने, ‘मृत शरीर अस्पतालमा आउँदा त्यसको व्यवस्थापन र प्रक्रियागत काम सक्नु मेरो जिम्मेवारी हो। दोधारा चाँदनी अस्पतालका प्रमुख डा जयानन्दनप्रसाद साह चिकित्सकले दिएको काम हेल्पर कौशिलाले सहज रूपमा गर्ने गरेको बताए। ‘कागजात सङ्कलनदेखि शव चिरफारसम्मको काममा उनि सक्रिय हुनुहुन्छ, डाक्टर साहले भने, ‘महिलालाई शवको चिरफारको काममा देखेर म पनि सुरुमा चकित परे।

उनले शव देखेर डराउने समाजमा महिला भएर पनि हिम्मतका साथ सडेगलेको अवस्थामा आएका शव पनि परीक्षणमा सहज रूपले उनि खटिने गरेको बताए।

 

कमेन्ट लोड गर्नुस