सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहनापुल–अत्तरिया ६ लेन सडक खुल्यो

२०७६ जेठ १७, ०४:४० खबर संवाददाता

मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणमा भईरहेको ढिलाई र पानी नहाल्दा सास्ती खेप्नुपरेको भन्दै आन्दोलित भएका स्थानीयले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। सडक आयोजना कार्यालय र निर्माण व्यवसायीले निर्माण कार्यलाई निरन्तरता दिदै पानी हाल्ने सहमती गरेपछि स्थानीयले आन्दोलनका कार्यक्रम फिर्ता लिएको  ६ लेन सडक आयोजनका कार्यालयका इन्जिनीयर खगेन्द्र शाहीले जानकारी दिए।

उक्त सहमतीपछि यातायात सेवा सुचारु भएको छ। यसअघि ६ लेन सडकको ठेक्का नम्बर एकमा विगत चार दिनदेखि काम नभएको र पानी समेत नहाल्दा धुलोले हैरान बनाएको भन्दै सडक बन्द गरेका थिए। सडक निर्माणमा भएको ढिलाईकै कारण उड्ने धुलोले जनजीवन अस्तव्यस्त हुँदा समेत सम्बन्धीत निकायले वेवास्ता गरेको भन्दै ६ लेन सडकको शहिद गेट नजिकै स्थानीयले बन्द गरेका थिए। ६ लेन सडक बन्द गरिएपछि सवारी साधनहरु शिवपुरी धाम हदै सञ्चालन गरिएपनि  शिवपुरी धाम र तुलसी चौकको बिचमा रहेको सडकमा पनि स्थानीयले खाल्डो खनेर सडक अवरुद्ध गरेका थिए। स्थानीयले उक्त बाटो भएर यातायातका साधन चल्न थालेपछि धुलोले समस्या पारेको भन्दै सडक बन्द गरेको थिए।    

कमेन्ट लोड गर्नुस