कैलालीको एक घरमा आगलागी
धनगढीः कैलालीको एक घरमा आगलागी भएको छ। गोदावरी नगरपालिका-४ भ्यागुतेपानीका ४५ वर्षीय बलबहादुर ओलीको घरमा आइतवार आगलागी भएको हो।
आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुडा लगायतका सामान गरी अन्दाजी २ लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइ सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।