सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट भन्सार छलीका सामान बरामद

२०८१ जेठ २८, ०६:५० खबर संवाददाता

धनगढीः कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, धनगढी उपमहानगरपालिका–९ त्रिबेणीघाट, धनगढी उपमहानगरपालिका–१४ बल्देबघाट, गोदावरी नगरपालिका–३ चौकीडाँडा र भजनी नगरपालिका– ७ दक्षीणपुराबाट अबैंध रुपमा भारतबाट भन्सार छल गरि ल्याएका अन्दाजी १ लाख ५३ हजार ८९० मूल्य बराबरको सामान बरामद गरिएको हो।

उक्त मूल्य बराबरको चिनी, सुर्ती, पेय पदार्थ, टायल, सुटपिस, कुर्ती लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस