सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्तर बृद्धिमा ढिलाई भएपछि धनगढी विमानस्थल थप एक हप्ता बन्द गर्ने तयारी

२०७६ जेठ १७, ०४:०० खबर संवाददाता

स्तर बृद्धिमा ढिलाई भएपछि धनगढी विमानस्थल थप एक हप्ता बन्द गर्ने तयारी भएको छ। धावनमार्ग र पार्किङ क्षेत्र विस्तारका लागि गत बैशाख २२ गतेदेखि जेठ २१ गते सम्मका लागि विमानस्थल बन्द गरिएकोमा समयमै स्तर बृद्धिको कार्य नसकिने भएकाले एक साता थप बन्द गर्ने तयारी भएको हो। धनगढी विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाले एक साताका लागि थप विमानस्थल बन्द गर्नुपर्ने बाध्यता आएको बताए। उनले भने–’अहिले धावनमार्ग जिर्ण रहेको क्षेत्रमा ८ सय ५० मिटर लम्वाई र साढे ४ फिट गहिराईको खाडलमा ग्रावेल हाल्ने काम भईरहेको छ।‘ 

१९ गतेदेखि धावनमार्ग कालोपत्रेको काम सुरु गर्ने तयारी भएपनि एक साता थप विमानस्थल बन्द गर्नुपर्ने देखिएको उनले बताए। त्यस्का लागि आयोजना प्रमुख रत्नवहादुर श्रेष्ठलाई नागरिक उड्यन प्राधिकरणसंग अनुमती माग्न आग्ह गरिएको प्रमुख बुढथापाले बताए। यता आयोजना प्रमुख श्रेष्ठले भने थप एक साता विमानस्थल बन्द गर्नका लागि नागरिक उड्यन प्राधिकरणलाई सुचना जारी गर्न माग गरिएको बताए। उनले अहिले नै विमानस्थल थप समयका लागि बन्द गर्ने निर्णय नै भने नभएको बताए। 

गत बैशाख २२ गते देखि जेठ २१ सम्म विमानस्थल एक महिना पूर्ण बन्द गरी धावन मार्ग मर्मत र पार्किङ क्षेत्र विस्तारको काम सुरु गरिएको थियो। धावन मार्ग मर्मत र पार्किङ क्षेत्र विस्तारका लागि दिईएको एक महिनाको समय सकिन ४ दिन मात्रै बाँकी छ। 
अन्य अवरोध नआएपनि जमिनको वनावटका कारण काम बढी गर्नुपर्ने भएकाले थप समय लागेको निर्माण कम्पनीले जनाएको छ। धनगढी–खुटीया खण्डमा ठुला सवारी साधन सञ्चालनमा रोक लगाईएकाले पनि निर्माण सामाग्रीहरु ओसार्न पनि समस्या भएको निर्माण व्यवसायी रत्नबहादुर खड्काले बताए। 
 

कमेन्ट लोड गर्नुस