पर्यटन क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आह्वान

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आह्वान गरेका छन्। काठमाण्डौमा शुक्रबारबाट सुरु भएको ‘एसिया रेसिलिइन्स समिट–२०१९’ को उद्घाटन गर्दै उनले उसरकारले संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य हासिल हुनेगरी ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने तयारी गरिरहेको पनि स्पष्ट पारे।
नेपालको भूगोल, जैविक तथा सांस्कृतिक सम्पदाहरुको महत्व उजागर गरेर मुलुकलाई समृद्ध बनाउने संकल्प सरकारले लिएको पनि उनले बताए। नेपालमा राजनीतिक स्थायित्व कायम भएकाले अब विकास निर्माणको कामले तीव्रता पाउने दोहो¥याउँदै सरकारले वैदेशिक लगानीका लागि आवश्यक नीतिगत तथा संरचनागत आधार तयार पारेको दावी गरे।




