सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराकि एक सुत्केरी महिलालाई सुरक्षाकर्मीद्धारा रक्तदान

२०७६ जेठ १७, १२:१३ प्रकाश सिंह

जिल्लाको बडिमालिका नगरपालिका ८ बस्ने ३० बर्षकि पारु रावललाई गर्भपतनपछि रक्क्तस्राब भयो। उनलाई अत्याधिक रक्क्तस्राबले बेहोस अवस्था पुगिन्। उनलाई ए पोजेटिभ आबश्यकता थियो। रगतका लागि चारै तिर गुहार ग¥याँै, प्रहरी कार्यलयमा खबर गर्दा डिएसपि उद्धब भाटले रगत दिएको जिल्ला अस्पताल बाजुराका डा. टिकाराम राईले बताए। 

रक्क्तस्राब धेरै भइसकेको थियो, हामीलाई खबर आयो रगत समुह मेरै मिल्ने भएकाले रगत दिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख उद्धब सिंह भाटले बताए। फेरी आवश्यक परेमा अन्य प्रहरीलाई रगत दिन लगाउने उनले बताए। डिएसपि भाटले रगत दिदा बिरामीलाई धेरै सहयोग भएको डा. राईले बताए।

बाजुरा जिल्लामा नेपाली सेना शसस्त्र प्रहरी नेपाल प्रहरीले सुत्केरी र बिरामीलाई रगत दिएर ज्यान बचाउने गरेको स्वास्थ्यकर्मीले बताएका छन्। बुढिन्नदा नगरपालिका ८ पाण्डुसैनकि ४२ बर्षिय थुमरा कठायतलाई पनि दुई साता पहिला सुरक्षाकर्मीले रगत दिएर ज्यान बचाएका थिए। उनलाई शसस्त्र प्रहरी आश्रित गुल्म बाजुरामा कार्यरत साहयक हवल्दार चैन नाथ योगीले रगत दिएर ज्यान बचाएका थिए। 

बाजुरा जिल्लामा ब्लोड बैङ्क नुहँदा सुत्केरी र विरामीलाई निकै समस्या भएको छ। आकस्मिक रक्तसञ्चार केन्द्र दुई ठाँउमा भएपनि ब्लोड बैङ्क नहँुदा सुत्केरी र बिरामीलाई समस्या हुदै आएको छ। जिल्ला अस्पताल बाजुरामा आवश्यक परेको बेला रगत नपाएर आकस्मिक प्रसुति सेवा र अप्रेसन सेवा सञ्चालनमा समेत समस्या भएको छ। आकस्मिक रक्तसञ्चार भएपनि आबश्यक परेको बेला रगत दिने कोहि भेटिदैनन्, भने अर्कोतिर रगत समुह समेत नमिल्ने गरेको डा. टिका राईले बताए। रगत दान गर्नु पर्छ भन्ने मानसिकता नभएकाले बिरामीका आफन्त रगत समेत दिन नमाने गरेको उनले बताए। उपचार मात्र होइन रगत दिएर बिरामी र सुत्केरी बचाउदै आएको उनले बताए।

अस्पतालमा ब्लोड बैङ्क नभएकाले आबश्यक परेका बेला सुत्केरी र बिरामी रगत नपाउने भएकाले समस्या भएको छ। रगत नपाएर उपचारमा समस्या र अन्यत्र लिएर सास्ति ब्यहेनु पर्ने कारण भएकाले जिल्लामा ब्लोड बैङ्कको स्थापना हुनु पर्ने स्थानियले बताएका छन्। आकस्मिक रक्तसञ्चार केन्द्र जिल्ला स्वास्थ्य कार्यलय र टाटे स्वास्थ्य चौकिमा रहेको छ। ब्लोड बैंक स्थापनाका लागि तत्कालीन जिविस बाजुराले सांसद विकास कोष मार्फत जिल्ला रेडक्रस सोसाईटिलाई १५ लाख दिएको थियो। तर अहिले सम्म ब्लोड बैंक स्थापना हुन सकेको छैन्।

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस