सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज विश्व धुम्रपान रहित दिवस नेपालमा पनि मनाइँदै

। फोटो स्रोत ।
२०७६ जेठ १७, १०:५२

विश्व स्वास्थ्य संगठनको आह्वानमा नेपालमा पनि आज विश्व धुम्रपान तथा सुर्ती रहित दिवस मनाइँदैछ। यो दिवस मे ३१ तारिखमा मनाउने गरिन्छ। धम्रपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्धेश्यले यो दिवस मनाउने गरिन्छ।

विश्वमा हरेक ८ सेकेन्डमा सुर्ती खाने एक जनाको ज्यान जाने गरेको पाइएको छ। सरकारी तथ्याङ्कमा उल्ेखित अनुसार सुर्तीजन्य पदार्थकै कारण नेपालमा वर्षेनि २५ हजारभन्दा धेरै मानिसको ज्यान जाने गरेको छ।

चुरोट, सुर्तीले खानेलाई मात्र नभएर यसको आसपासमा बस्नेलाई पनि असर गर्ने डाक्टरले बताउने गरेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार धुम्रपान गर्ने धेरैजसोलाई फोक्सो र मुखको क्यान्सर हुने गर्छ तर पछिल्लो तथ्याङकले कलेजोमा पनि असर पर्ने देखाएको छ। 

यस्तै गर्भवती भएका बेला सूर्ती तथा चुरोट खाँदा पेटमा भएको बच्चाको कलेजो बिगार्ने अनुसन्धानकर्ताले बताएका छन्। सुर्तीजन्य पदार्थको प्रयोग घटाउन सके ११ प्रतिशत मृत्यु घटाउन सकिने जनाइएको छ।

कमेन्ट लोड गर्नुस