सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा लागुऔषध सेवन साईवर अपराध, वाल विवाह समन्धी सचेतना 

२०८१ जेठ २५, ०९:५५ खबर संवाददाता

बझाङ: बझाङमा लागुऔषध दुव्र्यसन साइवर अपराध वाल विवाह बारे सचेतना कार्यक्रम गरीएको छ।

प्रगतिशिल युवा समाज वल्डभिजन इन्टरनेशनल नेपालको आयोजना जिल्ला प्रहरी कार्यालय बझाङको सहकार्यमा लागु औषध सेवन साईवर अपराध,वाल विवाह समन्धी सचेतनामुलक कार्यक्रम गरिएको हो।विहिवार जिल्लाको जयपृथ्वी नगरपालिका-१ मा रहेको कैलास माध्यमिक विद्यालय पिमीमा कक्षा ६, ७, ८, ९ र १० मा अध्यनरत एक सय भन्दा वढी विद्यार्थीको सहभागितामा कार्यक्रम गरीएकोे थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक आनसिङ धामीले लागुऔषध साईवर अपराध, बारे किशोर अवस्थाका जानी नजानी फस्ने भएकोले त्यसबाट बच्ने आफुले अपनाउनु पर्ने उपाए र लागुऔषध भित्र पर्ने गाँजा, हिरोइन, कोकिन आदिले स्वास्थ्यमा पर्ने असरको वारेमा प्रशिक्षण दिए।

त्यसैगरि कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला ,नेपाल पत्रकार महाँसंघ दोलखाका अध्यक्ष दिपशंकर चौँलागाई ,जिल्ला समन्वय समिति प्रमुख बर्जुराम घतानी लगायत प्रशिक्षकले पनि प्रशिक्षण दिए। १ नम्बर वडा अध्यक्ष डम्वर वहादुर सिँहले यस कार्यक्रमवाट अव आउने पछिल्लो पुस्ताले सचेत हुनुपर्ने बताए। 

कार्यक्रमा बोल्दै प्रगतिशिल युवा समाजकी कार्य समिती सदस्य कल्पना शाहिले युवा युवतीहरु सानै उमेरमा विहे गर्ने जानी नजानी लागुऔषध सेवनमा संलग्न नहुन भन्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरीएको हुँदा आउदा दिनहरुमा कार्यक्रमा सिकाईएका कुराहरु व्यावाहारमा लागुगरी अव आउने पुस्ताले समाज रुपान्तरणको भुमिकामा लाग्नुपर्ने बताए। प्रगतिशिल युवा समाजले जिल्ला प्रहरी कार्यालयको सहकार्यमा जयपृथ्वी नगरपालिका, र केदारस्यु गाँउपालिकामा विभिन्न कार्यक्रम गर्दै आएको छ। 

कमेन्ट लोड गर्नुस