सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीयद्धारा मोहनापुल-अत्तरिया ६ लेन सडक बन्द

२०७६ जेठ १७, ०९:०९ खबर संवाददाता

निर्माणमा ढिलासुस्ती र लापरवाही गरिएको भन्दै स्थानीयले मोहनापुल–अत्तरिया ६ लेन सडक बन्द गरेका छन्। सडक निर्माणमा ढिलाई गर्दै आएको निर्माण व्यवसायी र योजना कार्यालयले पछिल्लो केही दिनयता पानी हाल्न समेत छोडेको भन्दै आन्दोलित भएका स्थानीयले सडक बन्द गरेका हुन्। उनीहरुले सडक निर्माणमा भएको ढिलाईकै कारण उड्ने धुलोले जनजीवन अस्तव्यस्त हुँदा समेत सम्बन्धीत निकायले वेवास्ता गर्दै आएको भन्दै ६ लेन सडकको शहिद गेट नजिकै बन्द गर्दै सवारी साधन आवातजावतमा रोक लगाएका छन्।

चटकपुरकी स्थानीय लक्ष्मी पन्तीले निर्माणमा भएको ढिलाईले आवातजावत गर्न समस्या भएको बताईन्।  सडक निर्माणमा भएको ढिलासुस्तीले आसपासका नागरिकले भोग्नुपरेको सास्तीका विषयमा सम्बन्धीत निकाय मौन रहेको स्थानीयको आरोप रहेको छ। स्थनाीय कपिल भट्टले प्रदेश सरकार र धनगढी उप–महानगरपालिकाले सडकको धुलो नियन्त्रणका लागि पानीको व्यवस्थापनका लागि पहल गर्न पनि आनाकानी गरेको आरोप लगाए। ६ लेन सडकको मोहनापुल देखि बोराडाँडी सम्मको १ नम्बर ठेक्कामा चार दिनयता निर्माण कार्य ठप्प रहेको छ भने सडकमा पानी समेत नहाल्दा जनजीवन अस्तव्यस्त बनेको छ। 
 

कमेन्ट लोड गर्नुस