सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा अस्पतालमा कर्मचारी भर्ना गर्न मङ्गलवार अन्तर्वार्ता

२०८१ जेठ २४, १२:४८ खबर संवाददाता

धनगढी : कैलालीको गेटा अस्पतालमा कर्मचारी भर्नाका लागि मङ्गलवार अन्तर्वार्ता हुने भएको छ। गेटा अस्पतालमा करार सेवामा कर्मचारी भर्नाका लागि बैशाख ३० गते लिखित परीक्षा भएको थियो। बैशाखमा भएको लिखित परीक्षाको जेठ २९ गते अन्तर्वार्ता हुन लागेको हो। अस्पतालले एक सूचना सार्वजनिक गर्दै अन्तर्वार्ताको विषयमा जानकारी गराएको छ।

यसअघि अस्पतालले गत चैत १४ देखि बैशाख ४ गतेसम्म स्टाफ नर्स लगायतका २६ सिटमा आवेदन दिन विज्ञापन खोलेको थियो। अस्पतालले १२ जना स्टाफ नर्स, ४ जना हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, फार्मेसी सहायक र रेडियोग्राफी सहायक ३÷३ जना तथा फिजियोथेरापी सहायक १ जनाका लागि लिखित परीक्षा लिएको छ।

गेटा अस्पतालमा कर्मचारी छनोटको प्रक्रिया लोकसेवा आयोगका परीक्षासँग जुधेपछि रोकिएको थियो।

कमेन्ट लोड गर्नुस