सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको दुई स्थानमा आगलागी 

२०८१ जेठ २४, ०८:१६ खबर संवाददाता

धनगढीः बुधवार कैलालीको दुई स्थानमा आगलागी भएको छ।

जोशीपुर गाउँपालिका–२ का दिनेश जेठाराको भान्सा कोठामा खाना पकाउनको लागि बालेको आगोबाट भान्सा कोठा संगै जोडीएको १ कोठे गोठमा आगलागी भएको हो। गोठमा आगलागी हुँदा २ वटा बाख्रा जलेर मरेका छन् भने ३ वटा बाख्रा जलेर घाईते भएका छन्। आगलागीबाट खाद्यान्न, साईकल लगायतका समान गरी अन्दाजी १ लाख ८० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

यस्तै गौरीगंगा नगरपालिका–१ का तुलबहादुर पहराईको गोठमा आगलागी भएको छ। आगलागी हुँदा गोठ र गोठ भित्र रहेको काठपात, भुसा लगायतका सामान गरी अन्दाजी ३ लाख ५० हजारको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। पहराईको गोठमा आगलागी हुँदा १ वटा भैसी र १ वटा बाख्रा जलेर घाईते भएका छन्। 

कमेन्ट लोड गर्नुस