सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको एक घरमा आगलागी

२०८१ जेठ २४, ०७:३७ खबर संवाददाता

बाजुराः बाजुराको एक घरमा आगलागी भएको छ।

बुढिनन्दा नगरपालिका–१ तल्लो कोल्टी बजार बस्ने माने लुहारको घरमा बिजुलीको तार सर्ट भएर बुधवार घरको एक कोठामा आगलागी भएको हो। आगलागी हुँदा उक्त कोठा भित्र रहेका खाद्यान्न, लत्ता कपडा,ल्यापटप १ थान लगायत सामान गरी अन्दाजी १ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

कमेन्ट लोड गर्नुस