सुदूर नेपाललाई विश्वसँग जोड्दै

खुटिया–दीपायल फास्ट ट्रयाकका लागि वन क्षेत्र प्रयोग गर्न दिने मन्त्रीपरिषद्को निर्णय

२०७६ जेठ १६, ०६:५२ खबर संवाददाता

अनुमती विना रुख काटेको भन्दै वनले १० लाख क्षतीपुर्ती माग गरेका बेला खुटिया–दीपायल फास्ट ट्रयाक निर्माणका लागि वन क्षेत्र प्रयोग गर्ने दिने निर्णय भएको छ। संघीय मन्त्रिपरिषदको बैठकले फास्ट ट्रयाकका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो। मन्त्रीपरिषद्को बैठकले गरेको उक्त निर्णय सार्बजनिक गर्दै सरकारका प्रबक्ता तथा सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले सो जानकारी दिए। फास्ट ट्रयाकमा रहेका रुख कटानीका लागि एकवर्षदेखि प्रक्रिया अगाडी बढाईएपनि अहिले सम्म रुख कटानीको आदेश पाईएको थिएन्। द्रुत मार्गमा वातावरणीय प्रभाव मुल्याङकन र कटानी आदेश विना नै रुख काटिएको फेला परेको थियो।

द्रुत मार्गको कैलाली खण्डमा मात्रै ३९ वटा रुख आदेश विना काटेको फेला परेको हो। सडक खण्ड अन्तरगत राष्ट्रिय वनमा ३४ र भवानी सामुदायिक वनमा ५ वटा रुखहरु कटान आदेश विना नै काटेर काठ गायव गरिएको थियो। जिल्ला वन डिभिजन कार्यालय र मातहतका नियकाले लामो समय सम्म गरेको अध्ययनपछि ३९ रुख काटेर २ हजार १ सय ४९ क्युफिट काठ क्षती भएको दावी गरिएको थियो। उक्त काठ १० लाख २ हजार ३ सय बराबरको हुन आउने भएकाले प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय हुँदै वन विभागलाई प्रतिवेदन बुझाईएको थियो।

 सडक क्षेत्रमा कैलाली तर्फ सात सय ७९ वटा रुखहरु काट्न पर्ने देखिएको छ। पहिले गरिएको वातावरणीय प्रभाव मूल्याङकनमा त्रुटी भेटिएपछि पुरक वातावरणीय प्रभाव मुल्याङकनको कार्य सुरु गरिएको थियो। अहिले सडक निर्माणको जिम्मा डिभिजन सडक कार्यालय महेन्द्रनगरले पाएको छ। 
 

कमेन्ट लोड गर्नुस