सुदूर नेपाललाई विश्वसँग जोड्दै

दलित पत्रकार संघ कैलालीको अध्यक्षमा पुनः हिक्मत चयन

२०८१ जेठ २३, ०६:३६ खबर संवाददाता

धनगढीः  राष्ट्रिय दलित पत्रकार संघ,नेपाल जिल्ला शाखा कैलालीको अध्यक्षमा हिक्मत भुल चयन भएका छन्।

दोस्रो जिल्ला अधिवेशनको बन्दसत्रबाट हिक्मत भुलको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ। उपाध्यक्षमा उषाकिरण ज्योति, सचिवमा रन्जना विसी, कोषाध्यक्षमा कविता सार्कीलाई चयन गरिएको छ। हिक्मत दोस्रो पटक अध्यक्ष बनेका हुन्।

यस्तै सदस्यहरुमा सुरेश भुल लगायत छन्। अधिवेशनमा नेपाल पत्रकार महासंघ केन्द्रिय सचिव हेमकर्ण विक प्रमुख अतिथि रहेका थिए। कार्यकममा राष्ट्रिय दलित पत्रकार संघ नेपाल केन्द्रिय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज करन ताम्राकार विशिस्ट अतिथि रहेका थिए।

यस्तै नेपाल पत्रकार महासंघ कैलालीका उपाध्यक्ष हरिश विक, क्रियाशिल पत्रकार संघ केन्द्रिय सचिव धर्म विक, नेपाल बौद्ध अम्बेडकर महासंघ केन्द्रिय अध्यक्ष मनोज जैगढी, इन्सेकका प्रतिनिधि कृष्ण विकको उपस्थित रहेको थियो।

कमेन्ट लोड गर्नुस