कैलालीमा ट्याक्टर दुर्घटना, १ को मृत्युु, २ जना घाईते
धनगढीः कैलालीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
जिल्लाको चुरे गाउँपालिका–३ भक्तपुरस्थित बिपिनगरमा सहजपुरबाट बिपिनगर जादै गरेको सुदूरपश्चिम प्रदेश ०१००२ त ५२७८ नम्बरको ट्याक्टरले भे २ त १५१६ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा मंगलवार दुर्घटना भएको हो। भे २ त १५१६ नम्बरको ट्याक्टर सडकमा पल्टिदा सोही ट्याक्टरका चालक डोटीको जोरायल गाउँपालिका–४ का २० वर्षीय हेमन्त रावलको घटनास्थलमै मृत्यु भएको हो।
सोहि ट्याक्टरमा सवार जोरायल गाउँपालिका–४ का २२ वर्षीय लक्की बादी र कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का १७ वर्षीय गजेन्द्र दमाई घाइते भएका छन्। घाइते दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ०१००२ त ५२७८ नम्बरको ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।