पेट्रोलियम पदार्थको मुल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार करको दायरा बढाए लगत्तै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
बुधबार अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटबाट पेट्रोल र डिजलमा प्रतिलिटर थप एक रुपैयाँ पूर्वाधार कर लगाउने घोषणा गरे संगै बुधबार राति १० बजे नै निगमले मूल्य वृद्धि गरेको हो।
निगमका उपनिर्देशक विनितमणि उपाध्यायकाअनुसार बुधबार राति देखि पेट्रोलको मूल्य प्रति लिटर १११ रुपैयाँ तथा डिजेल र मट्टितेलको ९८ रुपैयाँ ५० पैसा मूल्य कायम भएको छ।




