कञ्चनपुरबाट मोवाइलको सामान र पेय पदार्थ बरामद
कञ्चनपुरः कञ्चनपुरबाट मोवाइलको सामान र पेय पदार्थ बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–१७ बाँसखेडा र पुनर्वास नगरपालिका–६ “ङ’ गाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ३४ हजार ४ सय मूल्य बराबरको पेय पदार्थ, मोवाइल चार्जर, डाटाकेवल, मोवाइल ग्लास लगायतका सामान बरामद गरिएको हो। उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको बताएको छ।