कैलालीमा सर्पको टोकाइबाट एक वृद्ध घाइते
२०८१ जेठ २२, ०८:२१
धनगढीः कैलालीमा सर्पको टोकाइबाट एक वृद्ध घाइते भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–६ खुलराका ६५ वर्षीय धनसिंह लुहार सर्पको टोकाइबाट घाइते भएका हुन। उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार हुँदैछ। घरमा सुतेका बेला उनको बाया हातमा सर्पले टोकेको थियो।
कमेन्ट लोड गर्नुस