कैलालीमा रुखमा च्यापिएर एक जनाको मृत्यु
२०८१ जेठ २२, ०७:५९
धनगढी : कैलालीमा रुखमा च्यापिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका–१ विशालनगरका डलु पुरीको रुखमा च्यापिएर मृत्यु भएको हो।
टीकापुर प्रहरीका अनुसार सोमवार राति ७० वर्षीय पुरी सुतेका बेला हावाहुरीले अल्दुको रुख ढलाएको थियो। उनको घरमा रुख ढलेपछि च्यापिएका पुरीको घटनास्थलमा नै मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ।
कमेन्ट लोड गर्नुस