सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहना र खुटिया नदीमा ९ दशमलव ८ किलोमिटर तटबन्ध

२०८१ जेठ २२, ०६:५६ कमल सावद

धनगढीः मोहना र खुटिया नदीमा ९ दशमलव चार किलोमिटर तटबन्ध निर्माणका लागि २०७८ असार १५ गते ठेक्का सम्झौता भयो।

निर्माण कम्पनीले २०८१ असार १४ गतेभित्र तटबन्ध निर्माणको काम पूरा गर्न सम्झौता गरेको हो। हालसम्म मोहना र खुटिया नदीमा ९ दशमलव ८ किलोमिटर तटबन्ध निर्माण गरिएको छ। कञ्चनपुरको कृष्णपुर र कैलालीको धनगढीमा मोहना नदी तथा कैलालीको खुटिया नदीमा तटबन्ध निर्माण गरिएको छ।

धनगढी र गोदावरी तथा कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रका नदीमा ९ दशमलव ८ किलोमिटर तटबन्ध गरिएको छ। जनताको तटबन्ध कार्यक्रम, कञ्चनपुरले धनगढीमा चार स्थानसहित कैलाली र कञ्चनपुरमा एकैपटक १२ वटा क्षेत्रमा तटबन्ध गरेको छ। नदी तटबन्धन गर्न ५१ करोड ५८ लाख ७२ हजारमा ठेक्का सम्झौता गरिएको थियो। नदी तटबन्धनपछि मोहना र खुटिया नदी किनारको जग्गा सुरक्षित भएको छ।

जनताको तटबन्ध कार्यक्रम, कञ्चनपुरका सूचना अधिकारी इन्जिनियर अरुणकुमार शाहले ९२ प्रतिशत भौतिक प्रगति भएको बताए। उनले भने, ‘तीन वर्षको ठेक्का हो। ५१ करोड ५८ लाखको ठेक्का हो। ८५ प्रतिशत वित्तिय प्रगति भएको छ। ९२ प्रतिशत भौतिक प्रगति भएको छ। जम्मा १२ स्थानमा काम गर्नुपर्ने हो।’ कैलालीको धनगढीसहित तीनवटा स्थानीय तहमा नदी तटबन्धको काम अन्तिम चरणमा पुगेको छ।

धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिका क्षेत्रका मोहना र खुटिया नदीमा तटबन्ध गरिएको हो। अहिलेसम्म ९ दशमलव ८ किलोमिटर जग्गा कटान हुने नदीमा तटबन्ध गर्ने काम पूरा भएको छ। केही क्षेत्रमा भने अझै काम गर्न बाँकी छ।

जनताको तटबन्ध कार्यक्रम, सुदूरपश्चिमका सूचना अधिकारी इन्जिनियर अरुणकुमार शाहले ९ हजार आठ सय मिटर काम पूरा भएको बताए। उनले भने, ‘९ हजार चार सय मिटरमा ९ हजार आठ सय मिटर काम भएको छ। कतै काम नगर्नुपर्ने भयो। ५१ करोड भित्रमा नै उक्त काम भएको छ।’ धनगढी उपमहानगरपालिका–३ को मोहना नदी, वडा नम्बर १३ को श्रीलंका, वडा नम्बर १७ को उत्तरखैरेनीमा तटबन्ध निर्माण गरिएको छ।

चटकपुरमा सात सय १० मिटर, श्रीलंकामा चार सय मिटर र उत्तरखैरेनीमा आठ सय मिटर नदीमा तटबन्धन गर्ने कार्यक्रम थियो। तर, श्रीलंकामा २ सय मिटर थप गरिएको छ। केही क्षेत्रमा भने घटेको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ मा साढे १३ सय मिटर तटबन्ध गरिएको छ। कृष्णपुरको वडा नम्बर ८ र ९ मा समेत तटबन्धन गरिएको हो। गोदावरी नगरपालिका–९ को खुटिया नदी तटबन्धन गरिएको छ। 

एशियाली विकास बैंक एडिबीको ऋण सहयोगमा नदी तटबन्धन गर्न ५१ करोड ५८ लाखमा ठेक्का सम्झौता गरिएको थियो। धनगढीस्थित मोहनामा २५० मिटर, गोदावरीमा २५० मिटर र शिवगंगामासमेत तटबन्धन गरिने भएको छ। कैलाली र कञ्चनपुरका १२ स्थानमा जनताको तटबन्ध अन्तर्गत एडिबीको ऋण सहयोगमा नदी तटबन्ध गरिएको हो। जनताको तटबन्ध कार्यक्रम, सुदूरपश्चिमका सूचना अधिकारी शाहले भने, ‘लागत बढ्दैन। एडिबीको ऋण सहयोग र अनुदान पनि छ। नेपाल सरकारको बजेट पनि छ।’ एडिबीको ऋण सहयोगमा धनगढीसहित तीन पालिकाभित्र नदी तटबन्धन गरिएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस