सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको चुरे तटीय क्षेत्रको गैलनदीमा प्रहरी चौकी स्थापना

२०८१ जेठ २२, ०१:१३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको उत्तरी चुरे तटीय क्षेत्रको एक गाउँमा प्रहरी चौकी स्थापना गरिएको छ।

बेदकोट नगरपालिका–८ गैलनदीमा प्रहरी चौकी स्थापना गरिएको हो। बेदकोट नगरपालिका–८ का वडाध्यक्ष महेशराज जोशीले वडाको स्थानीय शान्ति सुरक्षाका लागि अस्थायी प्रहरी चौकी स्थापना गरिएको बताए। पछिल्लो समय बढ्दै गएको गैरकानुनी गतिविधि लागुऔषधको सेवन, ओसारपसारजस्ता कामकारबाही नियन्त्रण गर्न चौकी स्थापना गरिएको हो।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले गाउँमा शान्ति सुरक्षा अमनचयनका लागि अहिले अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको बताए। गाउँमै प्रहरी चौकी स्थापना भएपछि स्थानीय हर्षित भएका छन्। प्रहरी नहुँदा गाउँमा चोरी तस्करी, लागुऔषधको कारोबार, अनियमित मदिरा बेचबिखनदेखिका गैरकानुनी गतिविधि नियन्त्रण हुने अपेक्षा गरेका छन्।

कमेन्ट लोड गर्नुस