सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षौँदेखि लगानी अध्ययनमै सीमित पश्चिम सेती

२०७६ जेठ १६, ०२:३१ खबर संवाददाता

७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना फेरी पनि लगानी अध्ययनमै सीमित हुने भएको छ। वषौँदेखि अनिर्णयको बन्दी बनेको पश्चिम सेती जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने भनिएपनि लगानी अध्ययन समेत हुन सकेको छैन्। पश्चिम सेती निर्माणका लागि सम्झौता गरेको चिनियाँ कम्पनी थ्री गर्जेजले हात झिकेपछि अन्यौलमा परेको आयोजना हरेक वर्ष लगानी अध्ययनमै सीमित हुने गरेको छ। सरकारले यस वर्ष पनि पश्चिम सेतीको लगानीको ढाचा यकिन गरेर निर्माण सुरु गर्ने भनेको छ तर बजेट भने विनीयोजन गरिएको छैन्।

अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसदमा प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटमा लगानीको ढाचा यकिन गरी पश्चिम सेती निर्माण गर्ने कुरा उल्लेख गरिएको छ तर बजेट विनीयोजन भएको छैन्।  सरकारले चालु आर्थिक वर्ष २०७५÷०७६ को बजेट भाषण मार्फत पनि पश्चिम सेती स्वदेशी लगानीमै निर्माण गर्ने घोषणा गरेको थियो। सुदूरपश्चिम भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पश्चिम सेती स्वदेशी लगानीमै बनाउने घोषणा गरेका थिए।

तर पश्चिम सेतीलाई प्राथमिकता दिन भने आनाकानी गरिएको छ। २२ बर्ष अगाडी अष्ट्रेलियन कम्पनी स्मेकसंग पश्चिम सेती जलविद्युत आयोजना निर्माणको सम्झौता भएको पश्चिम सेती चिनिया कम्पनीले पनि हात झिकेपछि थप अनिर्णयको बन्दी बनेको छ। पश्चिम सेती जलविद्युत आयोजनाको नारा बोक्दै चुनावमा होमिएका यस क्षेत्रका नेताहरु अहिले भने पश्चिम सेतीको बारेमा बोल्न पनि चाहदैनन्। पश्चिम सेतीको निर्माण नहुँदा समृद्ध सुदुरपश्चिमको सपना पनि पुरा हुन सकेको छैन्। २२ बर्ष अघि नै निर्माण थालिनुपर्ने पश्चिम सेती अनिर्णयको बन्दी बनेपछि सुदूरपश्चिमबासीमाथि नेताहरुले अन्याय गरेको आरोप लाग्दै आएको छ। 
      
 

कमेन्ट लोड गर्नुस