सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता पर्यटनमन्त्री बन्ने 

२०८१ जेठ २१, ०५:५८ खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल हेरफेर गरेर नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने तयारी गरेका छन्।

निकटस्थ स्रोतका अनुसार वर्तमान सरकारमा पर्यटनमन्त्री रहेका माओवादी सांसद हितबहादुर तामाङलाई फिर्ता बोलाएर श्रेष्ठलाई मन्त्री बनाउने तयारी प्रधानमन्त्री दाहालले गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले केही दिनभित्रै श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने तयारी गरेको स्रोतको दाबी छ।

बालुवाटार स्रोतले श्रेष्ठलाई पर्यटनको जिम्मेवारी दिएपछि तत्कालका लागि तामाङलाई प्रधानमन्त्री कार्यालयमा रहनेगरि विना विभागीय मन्त्री बनाउने तयारी छ। कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठले पनि आफू मन्त्री बन्ने विषयमा कुराकानी भए पनि कुन मन्त्रालय लिने र कहिले मन्त्री बन्ने निश्चित नभएको बताइन्। 

कमेन्ट लोड गर्नुस