सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा कैदीहरुलाई हार्पिक, फिनेल तथा साबुन उत्पादन सम्बन्धी  तालिम

२०८१ जेठ २१, ०५:२० खबर संवाददाता

बाजुराः जिल्ला कारागार बाजुराका कैदीबन्दीहरुलाई साबुन उत्पादन सम्बन्धी तालिम दिइएको छ।

कारागारमा रहेका करिब ६० जना कैदीलाई पाँच दिने हार्पिक, फिनेल तथा साबुन उत्पादन तालिम दिइएको हो।

कैदीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको बताइएको छ। कारागार प्रमुख अनिल तिवारीले कैदीहरुलाई अझै करागारमै थप तालिमहरु दिइने र उनीहरुले सिकेको सीपले उत्पादन गरेका सामानहरुको बजारीकरणका लागि पहल भइरहेको बताए।
 

कमेन्ट लोड गर्नुस