सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको राजगढमा ट्र्याक्टर दुर्घटनाः १३ जनाको ज्यान गयो

२०८१ जेठ २१, ०२:०२

भारतको राजगढमा ट्र्याक्टर दुर्घटना हदा १३ जनाको ज्यान गएको छ। 

भारतको मध्य प्रदेश राज्यको राजगढमा गए राति भएको ट्र्याक्टर दुर्घटनामा १३ जनाको ज्यान गएको हो। मृतक १३ जना सबै राजस्थानको झालवार जिल्लाका बासिन्दा भएका बीबीसी हिन्दीले जनाएको छ। 
तीव्र गतिमा गुडिरहेको ट्र्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको हो। ट्र्याक्टरमा जन्ती गइरहेका खबरमा उल्लेख छ। दुर्घटनामा ट्र्याक्टरको ट्रलीमा सवार १३ जनाको ज्यान गएको छ। दुर्घटनामा घाइते ४० जनाको अस्पतालमा उपचार भइरहेको छ। केही घाइतेको जिल्ला अस्पताल राजगढ र केहीको भोपालमा उपचार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस