डडेल्धुरा अस्पतालको स्तरोन्नती गरिने

डडेल्धुरा अस्पतालको स्तरोन्नती गरिने भएको छ। संघिय सरकारले अगामी आर्थिक वर्षका लागि बुधबार ल्याएको बजेटमा डडेल्धुरा अस्पतालको स्तरोन्नीत गरिने उल्लेख गरिएको छ। संसदमा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेट वक्तव्यमा विशिष्टकृत स्वास्थ्य सेवा प्रदान गर्न डडेल्धुरा अस्पतालको स्तरोन्नती गरिने भनिएको छ। सरकारले उप–क्षेत्रिय अस्पताल सहित कोसी अस्पताल, भरतपुर अस्पताल, नारायणी उप–क्षेत्रिय अस्पताल, भेरी अञ्चल अस्पतालको स्तरोन्नती गर्न १ अर्ब बजेट विनीयोजन गरेको हो।




