सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिलो पटक आज नेपालमा राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै

। फोटो स्रोत ।
२०७६ जेठ १६, ०१:०१

पहिलो पटक नेपालमा आज राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै छ। ‘लैङ्गिक विभेदको अन्त्यः समृद्ध नेपालको गन्तव्य’ भन्ने नाराका साथ बिहीबार पहिलोपटक ‘राष्ट्रिय महिला अधिकार दिवस’ मनाइन लागेको हो।

वि.सं २०६३ सालमा प्रतिनिधि सभामा पेश भएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव ‘आमा वा बावुमध्ये कसैको नामबाट पनि सन्तानले नागरिकता पाउन सक्ने ग्यारेन्टी गर्न, समानुपातिक सहभागिताको लक्ष्यमा पुग्ने कुरालाई ध्यानमा राखी अहिलेलाई कम्तीमा एक तिहाई महिलालाई राज्यको सबै संरचनामा सहभागिताको ग्यारेन्टी गर्न, विभेदकारी कानूनको खारेजी गर्न, महिलाप्रति हुने गरेका हिंसाको अन्त्य गर्न’ पारित भएको दिनको सम्झनामा सरकारले जेठ १६ गते ‘राष्ट्रिय महिला अधिकार दिवस मनाउने निर्णय भएको थियो। 

अझै पनि समाजमा महिलाहरु प्रति हुनै विभिन्न हिंसात्मक गतिविधिजस्ता दुर्व्यवहार कायम रहेकाले यो दिवसले यस्ता घटना न्यूनीकरणमा सहयोग पुग्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बताइन्। दिवससँगै सरकारले यो वर्ष लैङ्गिक हिंसा विरुद्धको अभियान वर्षका रुपमा विभिन्न कार्यक्रम पनि गर्ने निर्णय गरेको छ।
 

कमेन्ट लोड गर्नुस