कञ्चनपुरमा टिप्परको ठक्करबाट युवकको मृत्यु
कञ्चनपुरः कञ्चनपुरमा टिप्परको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
जिल्लाको बेदकोट नगरपालिका–६ सिसैयामा टिप्परको ठक्करबाट युवकको मृत्यु भएको हो। शनिबार साँझ बेदकोट नगरपालिका–६ सिसैयामा टिप्परको ठक्कर दिँदा काले कामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महेन्द्रनगरदेखि धनगढीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२०११क५१४ नम्बरको टिप्परले ठक्कर दिँदा वेदकोट नगरपालिका–६ सिसैयाका ५० वर्षीय कामीको मृत्यु भएको भएको प्रहरीले जनाएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।