सुदूर नेपाललाई विश्वसँग जोड्दै

योजना बनाएर खोलानाला अतिक्रमण हटाउने अभियान चलाउन धनगढीबासीको सुझाव

२०७६ जेठ १६, १२:४३ रोशन भट्ट

धनगढी उपमहानगरपालिकाले सुरु गरेको खोलानाला अतिक्रमण हटाउन अभियानले सार्थकता नपाएका वेला नगरबासीले भने योजना बद्ध रुपमा अगाडी बढ्न सुझाव दिएका छन्। स्थानीय तहहरुले आगामी आर्थीक वर्षका नीति कार्यक्रम र बजेट निर्माण गर्ने  तयारी गरिरहेका बेला नगरबासीले यस्तो सुझाव दिएका हुन्। अभियान अगाडी बढ्न नसक्दा खोलानाला अतिक्रमण गर्ने क्रम नरोकिएको भन्दै नगरबासीले चुनावी नारा अनुसार योजना बनाई तिव्रताका साथ काम गर्नुपर्ने धनगढीका स्थानीय हरी प्रसाद भट्टले बताए।

धनगढी उप–महानगरपालिकामा रहेका खोलाहरु अतिक्रमणको चपेटामा परेपछि डुबानको समस्या बढे्दै गएकाले योजना बनाई अभियानलाई निरन्तरता दिन आग्रह नगरबासीको छ। २०७२ सालदेखि नै धनगढीमा खोलानाला हटाउ अभियानको सुरु भएपनि सार्थकता नपाउदा नगरबासी समस्यामा पर्दै आएका छन्। विभिन्न कारणले अभियानले निरन्तरता नपाउँदा  अतिक्रमणको दर बढ्दै गएको छ।

अहिले धनगढीको कैलाली नाला, सुकुटी नाला सहित अन्य खोलानालाहरु अतिक्रमणको चपेटामा परेका छन्। तर निर्वाचित जनप्रतिनिधीले समेत वेवास्ता गरेको स्थानीय धन बहादुर भण्डारीले बताए। अतिक्रमीत क्षेत्र हटाउनका लागि रेखाकंन गरिएको क्षेत्रमा समेत स्थानीयले फेरी संरचना वनाउन थालेका छन्। उपमहानगरपालिका खोलानाला अतिक्रमण गर्नेहरु सामु निरिह बनेको छ। निर्वाचित जनप्रतिनिधीले पनि अतिक्रमण हटाउन वेवास्ता गरेका छन्। बरु उल्टै उप–महानगरपालिकाले अतिक्रमण हटाउदा अवरोध सिर्जना हुने भन्दंै पन्छीने काम गरिरहेको छ। तर उप–महानगरपालिकाका प्रवत्ता सन्तोष मुडभरीले भने सबै खोलानालाको सर्वे भईरहेकाले त्यसको रिर्पोट आएपछि अतिक्रमण हटाउने अभियान फेरी सुरु हुने बताए। 
 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस