कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला
२०८१ जेठ १९, ०८:२१
कञ्चनपुरः कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको बेदकोट नगरपालिका–६ कोल्डस्टोरचोक नजिकै स्थानीय ५२ वर्षीय उत्तम मल्ल मृत अवस्थामा फेला परेका हुन।
मल्ल विगत डेढ बर्षदेखि आफ्नै भान्जाले सञ्चालन गरेको पुरानो छोडी सकेको होटलमा कुरुवा बस्दै आएका थिए। उनी होटलको बरण्डामा मृत फेला परेका हुन। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कमेन्ट लोड गर्नुस